News Portal

  • नोबेल अस्पताललाई कोरोना उपचार केन्द्र बनाइने

    रातोपोस्ट संवाददाता
    २९९ पटक

    विराटनगर। विराटनगरको नोबेल शिक्षण अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन दिने घोषणा गरिएको छ । अस्पतालका सञ्चालक डा.सुनिल शर्माले कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन दिने घोषणा गरेका हुन ।

    विश्वलाई नै आतंकित बनाइरहेको कोरोना भाइरसको उपचारमा समस्या भइरहेका बेला नोबेल अस्पताललाई कोरोना बिशेष उपचार केन्द्रको रुपमा ३ महिना सम्म प्रयोग गर्न दिने सञ्चालक शर्माले बताए ।

    निजी तथा सरकारी अस्पतालले अहिले ज्वरो आएका बिरामीलाईसमेत उपचार गर्न नमानेर समस्या व्यहोर्नु परिरहेको अवस्थामा शर्माले अस्पताललाई नै कोरोना उपचार केन्द्र बनाउन दिने घोषणा गरेका हुन् ।

    निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सवैभन्दा ठुलो अस्पताल नोबेलमा ७१ वटा भेन्टिलेटरसहित ७ सय ६४ शैया छन् ।

    शर्माले नोबेल अस्पताललाई कोरोना बिशेष उपचार केन्द्रको रुपमा तीन महिनासम्म दिने तयारीले पूर्वी नेपालमा कोरोना संक्रमण रोकथाम र उपचारमा महत्वपूर्ण भूमिका खेल्ने सक्ने विश्वास आफूले लिएको बताए ।

    डा.शर्माले अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन तयार रहेको भन्दै कोरोना रोकथाम संयोजन समितिका संयोजक डा.भगवान कोइरालालाई बिहीबार पत्रसमेत पठाएका छन् ।शैया थप गरी १ हजार शैयासम्म सञ्चालन गर्न सकिने अवस्था रहेको उल्लेख गर्दै कोरोना उपचार केन्द्र सञ्चालनका बिषयमा आवश्यक छलफलका लागि पत्रमार्फत आग्रह गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)