रातोपोस्ट संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिडा-१९) को चौथो संक्रमित भेटिएका छन्।
बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका हुन् ।
उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको थिए । उनी गएको चैत ११ गते दुबईबाट फर्किएका बुझिएको छ ।
प्रवक्ता देवकोटाले संक्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।