
काठमाडौं। चीले दिने कोभिड–१९ परिक्षण तथा उपचारका स्वास्थ्य सामग्री लिन आज नेपाल सरकारले नेपाल एयरलाइन्सको जहाज चीन पठाउने भएको छ ।
आज दिउँसो २ बजे नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीन जाने तय भएको उच्चस्तरीय समन्वय समितिले जनाएको छ ।
सो जहाजले कोरोनाको संक्रमण जाँच्ने किट र स्वास्थ्यकर्मीहरुका लागि आवश्यक व्यक्ति सुरक्षा सामग्री (पीपीई) ल्याउने छ ।
ती सामानहरु चीनले गोञ्जाओमा तयार गरेर राखिदिएकोले नेपाल एयरलाइन्सको जहाजले त्यहाँबाट स्वास्थ्य सामग्री ल्याउने छ।
चीनले कोरोनाभाइरसबाट बच्ने, परिक्षण गर्ने र उपचार गर्ने सामग्री सहयोग गर्ने बताएपछि नेपाल सरकारले आवस्यक पर्ने सामाने सूची बनाएर पठाएको थियो ।
आजै साँझ काठमाडौं आइपुग्ने स्वास्थ्य उपकरण आइतबार बिहानै नेपाली सेनाको हेलिकप्टरमार्फत् प्रदेश प्रदेशमा पठइने छ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार पहिले चीनले नै कार्गो पठाउने भनिए पनि अब नेपालबाटै सामाग्री लिन विमान चीन जान लागेको हो ।