News Portal

नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना

रातोपोस्ट संवाददाता
७०८ पटक

बाँके।  नेपाल एयरलाइन्सको विमान शनिबार नेपालगन्ज विमानस्थलमा दुर्घटना भएको छ ।

विमान अवतरणका क्रममा मध्यान्ह धावन मार्गभन्दा दुई सय मिटर दक्षिण तर्फ चिप्लिएर दुर्घटना भएको हो ।

नेपाल एयरलाइन्सको विमान मेडिकल सामग्री लिएर  नेपालगन्जको भेरी अस्पतालमा संकलन भएको कोरोना संक्रमितको स्वाब लिन काठमाडौबाट उडेको हो ।

जहाजमा सवार चालक दलका तीन जना र दुई जना चिकित्सक सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्