News Portal

  • चीनबाट काठमाडौँ आइपुग्यो कोरोनाविरुद्धको स्वास्थ्य सामग्री

    रातोपोस्ट संवाददाता
    २०५ पटक

    काठमाण्डौ। औषधि र मेडिकलजन्य उपकरण लिन चीन गएको नेपाल एअरलाइन्सको जहाज आइतबार बिहान नेपाल आइपुगेको छ ।

    नेपाल एअरलाइन्सको वाइडबडी जहाज मेडिकल सामाग्री लिएर बिहान साढे ५ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ ।

    चीनको ग्वान्झाओबाट १२ दशमलव ६६ टन अत्यावश्यक औषधि र अन्य मेडिकल उपकरण सहित विमान नेपाल आइपुगेको विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिनुभएको छ ।

    जहाजले कोरोनोको उपचार लक्षित औषधि, डाक्टरले लगाउने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) युनिट पीपीई, भेन्टिलेटर लगायतका सामग्री ल्याएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)