News Portal

  • थप एकजनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो

    रातोपोस्ट संवाददाता
    ३४४ पटक

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप एक जनामा नोभेल कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयले शनिबार कोभिड-१९ को जम्मा पुष्टि भएको संख्या ३१ रहेको  जनाएको छ  ।

    उक्त व्यक्ति ६५ वर्षीय पुरुष भएको जनाएको छ । तर, उनी कुन ठाउँका हुन भन्‍ने खुलाइएको छैन । शुक्रबार उदयपुरमा १२ र २ जना चितवनमा गरी १४ जना कोरोना संक्रमित पुष्टि भएका थिए ।

    यसअघि विभिन्‍न समयमा गरी १६ जना संक्रमित थिए । संक्रमितमध्ये दुई जनाको उपचारपछि घर पठाइएको मन्त्रालयले जनाएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)