News Portal

कुहिएको दाल राहत बाँड्ने दुई वडाध्यक्षसहित पाँचजना पक्राउ

थाहा खबर
९५० पटक

बारा : कलैया उपमहानगरपालिकाले लकडाउनमा गरिब विपन्नलाई गुणस्तरहीन दाल खरिद गरी राहत स्वरुप बाँडेको आरोपमा बारा प्रहरीले सो पालिकाका  दुई वडाध्यक्ष र एक वडा सचिवसहित पाँच जना पक्राउ गरेको छ।

कलैया उपमहानगरपालिका वडा– १ का वडाध्यक्ष हरिओम साह, वडा नं. ७ का अध्यक्ष सर्फुल्लाह अन्सारी, कलैया–२० का वडा सचिव खेदु मियाँसँगै कलैया–७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनलाई आइतवार  प्रकाउ गरी  हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

‘अहिले जनप्रतिनिधि र कर्मचारी सहित ५ जना हाम्रो नियन्त्रणमा हुनुहन्छ, उनीलाई बयान लिएर थप अनुसन्धान भइरहेको छ।’ जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले भने ‘अब यसमा कस्को संग्लनता कस्तो हो, वडाध्यक्षलाई थाहै नदिई वडा सचिवल यस्तोे गरेको पनि हुनसक्छ वा उनीहरु ५ जना बाहेका  अन्य थप व्यक्तिहरुको संग्लनता पनि हुनसक्छ, यस विषयमा हामीले अनुसन्धान गरिरहेका छौ’ ।

बारा प्रहरीले मिल सञ्चालक जैनलाई काठमाडौंको कीर्तिपुर नगरपालिका–२ स्थित घरबाट र अन्यलाई जिल्लाबाटै नियन्त्रणमा लिइएको हो। कलैया उप महानगरपालिकाले  चैत २६, २७ र २८ गते लगातारको लकडाउनका कारण प्रभावित  वडा नं १, ७, ११, २०,२१, २२,२४, २६ र २७ नं वडाका परिवारलाई अत्यन्तै न्युन गुणस्तरको खाद्य वस्तु  वितरण गरेको थियो।

कलैया उपमहानगरले आधा दर्जन वडाका सयौं परिवारलाई कुहिएको दाल बाँडिएको गुनासो आएपछि स्थानीय प्रशासनले कोल्डस्टोरबाट र राहत बाँडेको दाल परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाएको थियो।

गुण नियन्त्रण कार्यालयले दाल गुणस्तरहीन भएको पुष्टि गरेपछि प्रहरीले अनुसन्धान गर्न थालेको हो। प्रहरीले कोल्डस्टोरमा भण्डारण गरिएको ३ सय ८० बोरा दाल चैत २९ गते सिल गरेको हो।

प्रतिकृया दिनुहोस्