News Portal

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

रातोपोस्ट संवाददाता
५९५ पटक

काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्ले सिफारिस गरेका दुवै अध्यादेश जारी गरेकी छिन्।

सरकारले सिफारिस गरेका  राजनीतिक दल विभाजन र संविधानिक परिषद्को गणपूरक संख्यासम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझ जारी गरेकी हुन्।

‘नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी गर्नु भएको छ,’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यसअघि सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत बहुमत हुनुपर्ने विद्यमान कानून संशोधन गरेर केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत बहुमत पुगे विभाजन गर्न सक्ने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश र संवैधानिक परिषद् बैठकमा गणपूरक संख्या  पाँच जनाबाट चार जनामा झार्ने गरी अध्यादेश जारी गर्ने निर्णय गरेको थियो।

हेर्नुस् विज्ञप्ति :

प्रतिकृया दिनुहोस्