News Portal

  • पूर्व सचिव भीम उपाध्याय काठमाडौंबाट पक्राउ

    रातोपोस्ट संवाददाता
    ६३१ पटक

     

     

     

     

     

     

     

     

     

     

     

    काठमाडौं। पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । उनलाई ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोप उनीमाथि छ । एकजना प्रहरीका उच्च अधिकारीले दिएको जानकारीअनुसार प्रधानमन्त्रीमाथि सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको पाइएपछि पक्राउ गरिएको हो ।

    उनलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको बताइएको छ । ललितपुरका एसएसपी टेकप्रसाद राईले उपाध्याय पक्राउ परेको पुष्टि गरे ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)