News Portal

आज मातातीर्थ औंसी, आमाप्रति श्रद्धाभाव गरेर मनाइँदै

रातोपोस्ट संवाददाता
८१० पटक

काठमाडाैं। आज मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर मातातिर्थ औंसी मनाइँदैछ । हिन्दू धर्मावलम्बीहरुका लागि आजको दिन विशेष रहेको छ । आमा शब्द आफैँमा त्यति महत्वपूर्ण छ कि, हामीले त्यसको वर्णन गरेरै सक्दैनौँ ।

घर परिवारमा आमासँगै रहेका र आवश्यकता परिपूर्ति गर्न देश विदेशमा आमासँग टाडा रहेर आमाको न्यानो मायाको न्यास्रो लाग्नेहरुलाई आमाको महत्व धेरै हुन्छ ।

विशेष गरि आजको कुरा गर्ने हो भने विश्वमा कोभिड-१९ (नोवेल कोरोना भाईरस) फैलिरहेको बेला सन्तानले आमालाई सम्झने र आमाले सन्तानलाई सम्झने हरुका लागि समय व्यतित गर्न गाह्रो भईरहेको छ ।

अझ भन्नुपर्दा आफू सानु छँदा आमा स्वर्गलोक हुनेहरुलाई भने वास्तवमै आमाको अभाव सधैभरि खट्कि रहन्छ । हाम्रो घर,परिवार र समाजमा कतिपयले आमाको मुख वा आमाको मायाको अनुभव गर्नै नपाई आमा स्वर्गवास हुनु भएको छ ।

कसैलाई आमाको अनुहार अलिअलि थाहा छ तरपनि अहिले आमाको तस्वीर हेरेर चित्त बुझाउन बाध्य हुनुपरेको छ ।
हो हरेक वर्षको बैशाख कृष्णपक्षको औंशीमा आमाको मुख हेर्ने चलन रहेको छ, आजको यस दिनलाई मातातीर्थ औंशी, मातृऔंशी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ ।

आजको दिन बिहानै उठेर नित्य कर्म गरिसकेपछि आमासँगै हुनेहरुले आमालाई उपहार प्रदानगर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशीर्वाद लिने गरिन्छ ।

विवाह गरेरे आफ्नो घर गएका छोरीहरु पनि आमाको मुख हेर्न टाडा टाडाबाट भेट्न आउछन् । आमालाई भेट्न नपाउनेहरुले फोनबाट वा सामाजिक सञ्जालमार्फत आमालाई सम्झिने गर्दछन् । पौराणिक कालदेखि नै मनाउँदै आएको आमाको मुख हेर्ने दिन आमाले गरेका महान् कष्ट र पूर्णकामहरुको सम्झना गरिन्छ ।

आमा नभएकाहरूले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै आज श्राद्ध तर्पण गरी मातृत्वको स्मरण गर्दछन् । आज काठमाडौं उपत्यकाका नेवार समुदायले भने भक्तपुरको हनुमानघाट पुगी आमाको सम्झनामा परम्परा अनुसार श्राद्ध तर्पण गर्दछन् ।

मातातीर्थ औंशीजन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइदै आएको पर्व हो । आजको दिन आमाले गरेका महान् कष्टपूर्ण कामहरुको सम्झना गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो ।

बन्दाबन्दीका कारण छोरा छोरी आमा भएका स्थानमा पुग्न नसके पनि वचनबाट पनि खुशी राख्न सकिने शास्त्रीय मान्यता समेत रहेको छ।

प्रतिकृया दिनुहोस्