News Portal

  • भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७२३ पुग्यो, २३ हजार बढी संक्रमित

    रातोपोस्ट संवाददाता
    ३५८ पटक

    काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ७ सय २३ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म भारतमा २३ हजार चार सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ ।

    कोरोना भाइरसको कारण दक्षिण एसियामा सबैभन्दा प्रभावित बनेको भारतको महाराष्ट्रमा सबैभन्दा धेरै दुई सय ८३ जना मानिसको यसको कारण मृत्यु भइसकेको छ । यो राज्यमा मात्र ६ हजार चार सयभन्दा धेरै संक्रमित छन् ।

    त्यस्तै गुजरातमा अहिलेसम्म एक सय १२ जनाको यो भाइरसको कारण मृत्यु भइसकेको छ । मध्य प्रदेशमा ८३ र दिल्लीमा ५० जनाको मृत्यु भएको छ ।

    उत्तर प्रदेशमा अहिलेसम्म एक हजार ६ सय चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २४ जनाको मृत्यु पनि भइसकेको छ ।

    त्यस्तै बिहारमा एक सय ७६ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ भने दुईजनाको मृत्यु भएको छ ।

    भारतमा अहिलेसम्म चार हजार आठ सय १४ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)