News Portal

  • लकडाउनको विषयमा छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै

    रातोपोस्ट संवाददाता
    ४५६ पटक

    काठमाडौं : चैत ११ गतेदेखि जारी लकडाउनबारे निर्णय लिन कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ।

    लकडाउन थप्‍ने समय र स्वरुपबारेमा निर्णय लिन बैठक बसिरहेको हो। उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेल संयोजकत्वको (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले लकडाउनको स्वरुप र अवधिबारे निर्णय लिन लागेको हो समितिले नेपालमा लकडाउनको स्वरुप परिवर्तन गरि अवधि थप्‍नेबारेमा निर्णय लिन सक्‍ने छ।

    नेपालमा जारी लकडाउन अझै १५ दिन थपिन सक्नेछ।  वैशाखभर लकडाउन गर्ने गरी निर्णय गरेर मन्त्रिपरिषदमा प्रस्ताव लग्‍ने रणनितिमा समिति छ। अत्यावश्यक सेवा सञ्‍चालन गर्न दिने गरी लकडाउन खुकुलो बनाउने तयारी गरिएको छ।

    विभिन्‍न क्षेत्र छुट्याएर लकडाउनमा पनि अत्यावश्यक र जरुरी सेवा संचालन गर्न दिने तयारी गरिएको हो। स्वास्थ्य सेवा, निर्माण सेवा, कृषि क्षेत्र र अत्यावश्यक सामाग्री उत्पादनका उद्योगहरुलाई भौतिक दुरी कायम गरी खोल्न गर्न दिने तयारी भएको छ। ढुवानीका सामान अहिले पनि ओसारपसार गर्न दिइएको छ।

    सरकारले लकडाउन लम्ब्याउने तयारी गरेपछि शैक्षिक संस्थाहरु वैशाखभर नखुल्ने भएका छन्। शैक्षिक संस्था, सार्वजनिक यातायात, होटल, सिनेमा हल, खेल स्थललगायत एक महिनासम्म खुल्ने छैनन्। एसईई र विश्वविद्यालयका परीक्षा अझै जेठमध्यसम्म हुने अवस्था छैन।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)