News Portal

ब्रेकिङ : झापाको बाह्रदशीमा भेटियो थप एक जनामा कोरोना संक्रमण

रातोपोस्ट संवाददाता
९३० पटक

बिर्तामोड । झापाको बाह्रदशीमा एक व्यक्तिमा कोरोना पुष्टि भएको छ । गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसिरहेका ति पुरुषमा कोरोना संक्रमण फेला परेको हो ।

मन्त्रालयले केहिबेरमा आधिकारिक रुपमा संक्रमण बारे घोषणा गर्दैछ । अहिले ति व्यक्तिलाई लिन प्रदेश सरकारको सामाजिक विकास मन्त्रलायको टोली बाह्रदर्शी गइरहेको छ । उनी जमातीबाट फर्किएको बुझिएको छ ।

यसअगाडी झापाको दमकमा एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भैसकेको छ । यो सँगै झापामा कोरोना संक्रमितको संख्या २ पुगेको छ भने नेपालभर संक्रमितको संख्या ५२ पुगेको छ । अहिलेसम्म १६ जना निको भएर फर्किसकेका छन् ।

प्रतिकृया दिनुहोस्