News Portal

मेचीनगरमा लकडाउन थप कडा बनाइने

रातोपोस्ट संवाददाता
६४२ पटक

झापा। मेचीनगर नगरपालिकामा लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । बुधवार नगरपालिकाे कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा लकडाउन थप कडा बनाउने निर्णय भएकाे नगरका प्रमुख विमल आचार्यले बताए ।

झापाकाे दमक नगरपालिका र बाह्रदशी गाउपालिकामा कोरोना भाइरसको सङ्क्रमित भेटिएपछि नगरपालिकाले नगर भित्र लकडाउनलाई अरु भन्दा कडा बनाएकाे छ ।

लकडाउन अवधिभर मेचीनगरमा अन्यत्र क्षेत्रबाट बसोबास गर्नेगरी आउन नपाइने र यदि अन्यत्र क्षेत्रबाट नियम उल्लङ्घन गरी आएमा क्वारेन्टाइनमा १५ दिन राख्ने नगरपालिकाले निर्णय गरेको छ ।

नगर बाहिरबाट आएर लकडाउन उल्लङ्घन गरेमा क्वारेन्टाइनमा खाद्यान्न र सुत्ने बस्ने व्यवस्था आफै गर्नु पर्ने छ भने नगरपालिकाले त्यस्ता व्यक्तिको क्वारेन्टाइन खर्च नव्यहोर्ने जनाएको छ ।

मेचीनगरमा पास भएका सवारी साधन चलाउन दिने पास नभएका कुनै पनि सवारी साधन चलाउन निषेध गरिएको छ । नगरपालिकाले वैशाख १६ गतेसम्म जारी गरेका सबै सवारी साधनको अनुमति (पास) खारेज गरिएको छ ।

तरकारी, फलफुल, दुध र माछामासु मेचीनगर बाहिरबाट ल्याएर बेच्न प्रतिबन्ध लगाएको छ । अत्यावश्यक खाद्य ,सागसब्जी ,औषधि र ढुवानीका साधनका लागि विहान ६ देखि ११ बजेसम्मको समय तोकेको छ ।

सहकारी संस्थाहरुले निक्षेप फिर्ता घरै पुगेर गर्नुपर्ने र अति आवश्यक काममा सवारी पास चाहिएमा नगर क्षेत्रभित्र लागू हुनेगरी दिइने नगरपालिकाको निर्णयमा उल्लेख छ । नगरपालिकाले आठ बुँदे आदेशात्मक सूचना जारी गरेको छ।

प्रतिकृया दिनुहोस्