News Portal

माधव नेपालद्धारा तेश्रो अध्यक्ष बन्न अस्वीकार

रातोपोस्ट संवाददाता
१०७४ पटक

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपाको तेस्रो अध्यक्ष बन्न प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रस्ताव अस्वीकार गरेका छन् । प्रधानमन्त्री ओलीसँग विहिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा तेश्रो अध्यक्ष नबन्ने बताएका हुन् ।

विहिबार साँझ प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच वालुवाटारमा भेट भएको थियो । भेटमा प्रधानमन्त्री ओलीले तेश्रो अध्यक्ष बन्नका लागि प्रस्ताव दोहो¥याएका थिए । तर, नेता नेपालले अस्वीकार गरेको नेता नेपाल निकट एक नेताले बताए । ती नेताले भने, ‘प्रधानमन्त्री ओलीको प्रस्ताव अस्वीकार गर्नु भएको छ ।’

अहिलेको समस्या पदको लागि नभएर पद्धति र प्रणालीको भएको भन्दै वरिष्ठ नेता नेपालले आफूलार्ई तेश्रो अध्यक्ष दिएर समाधान नहुने ओलीलाई प्रष्ट पारेका छन् । वरिष्ठ नेता नेपालले ओलीलाई प्रधानमन्त्रीबाट राजिनामा दिनु नै उपयुक्त हुने सुझाव दिएका छन् । बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाको महामारीपछि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र नेपाललाई तेस्रो अध्यक्ष बन्न प्रस्ताव गरेका थिए ।

अध्यादेश प्रकरणपछि नेकपामा विवाद उत्कर्षमा पुगेको छ । ११ वैशाख २०७६ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका ६ सदस्यको भेलाले सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता नगरे प्रधानमन्त्री बिरुद्ध अविश्वास प्रस्ताव लैजाने निर्णय गरेका थिए । प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिएपनि विवाद मिलेको छैन ।

उपाध्यक्ष गौतमको भैंसेपाटी स्थित निवासमा भएको भेलामा अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष गौतम, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ सहभागी थिए ।नयाँ पेज

प्रतिकृया दिनुहोस्