News Portal

  • रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन

    रातोपोस्ट संवाददाता
    ४६८ पटक

    काठमाण्डौ। रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको ८६ वर्षको उमेरमा काठमाण्डौमा निधन भएको छ ।

    सिनामङ्गलमा रहेको केएमसी अस्पतालमा उपचारकाक्रममा रानुदेवीको शुक्रबार राति निधन भएको उहाँकी छोरी अल्पना रेग्मीले जानकारी दिए ।

    शास्त्रीय संगीतमा विशेष लगाव रहेको रानुदेवीका नेपाली अघि बढ, हातमा क्रान्ति झण्डा लिइ, जागे नेपाली, उठे नेपाली , जुनेली रात हजुर लगायत गीत चर्चित रहेका छन् ।

    उनीले तत्कालीन नेपाल प्रजातन्त्र रेडियोबाट ती गीतमा स्वर भर्नुभएको थियो । ती लगायत ६ बटा गीत प्रजातन्त्र रेडियोमा रेकर्ड भएको बताइएको छ ।

    ती गीतले जहानियाँ राणा शासनविरुद्ध सङ्घर्षरत प्रजातान्त्रिक योद्धालाई आन्दोलनमा रहन उत्साह भरेको थियो । राणा शासनविरुद्धको आन्दोलनमा उनी कला र सांगीतिक मोर्चाबाट होमिएकी थिइन् ।

    निरङ्कुशताविरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र साङ्गीतिक मोर्चामा रहेर काम गर्नुभएकी अधिकारीको जन्म विसं १९९० मा भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)