News Portal

ताप्लेजुङ सदरमुकाममा भीषण आगलागी, सात घर जलेर नष्ट

रातोपोस्ट संवाददाता
५२१ पटक

ताप्लेजुङ। गएराति ताप्लेजुङमा आगलागी हुँदा ७ घर जलेका छन् । ताप्लेजुङको फुङलिङ बजार गएराति १० बजे आगलागी हुँदा ७ घर जेलेका हुन् । उक्त आगलागी साढे ७ घण्टापछि निउन्त्रणमा आएको थियो ।

फुङलिङ बजारको भट्टराई होटल एण्ड लजबाट लागेको आगलागीले सात वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागी भएपछि दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको थियो।

प्रहरीका अनुसार उक्त आगालागी के कारणले भएको भन्ने नखुलेको र क्षतिको विवरण संकलन भइरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्