News Portal

स्थायी वडा कार्यालय ताेक्न माग गर्दै ज्ञापनपत्र

रातोपोस्ट संवाददाता
१९४३ पटक

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नम्बर १२ मा रहेकाे युवा समुहले स्थायी रुपमा वडा कार्यालय ताेक्न माग गदै ज्ञापनपत्र बुझाएका छन ।

वडाका जुझारु युवा तथा प्रत्याशी वडा अध्यक्ष मनु बुढाथोकीकाे संयोजकमा वडा नम्बर १२ का वडाध्यक्ष कृष्णहरी अधिकारीलाई उक्त दबाब समुहले ज्ञापनपत्र बुझाएको हाे।

स्थानीय सरकार बनेको तीन वर्ष बितिसक्दा पनि अहिलेसम्म वडा कार्यालय भाडाको घरमा सञ्चालनमा रहेको छ। हालसम्म स्थायी रुपमा वडा कार्यालय नताेकिएकाे भन्दै युवाहरुकाे समुहले आगामी चुनावी नारा स्थायी वडा कार्यालय निर्माण गर्ने सम्बन्धमा रहने सक्ने भन्दै ज्ञापनपत्र बुझाएको हाे।

वडाका बुद्धिजीवी एवम्, सक्रिय युवाहरुकाे समुहले ज्ञापनपत्रमा हस्ताक्षर गरेकाे छन ।

मन्थली नगरपालिका वडा नम्बर १२ काे पुनसंरचना भएदेखि हालसम्म पनि वडा कार्यालय अस्थायी रुपमा सिक्रालमा सञ्चालन हुँदै आएकोमा हाल साविक स्थान सिक्राल यश वडाकाे निर्विकल्प केन्द्र रहेको बेहाेरा सम्पुर्ण वडाबासी जनसमुदायहरुमा अवगतनै छ।

सिस्नेरी ,भाेर्ले ,वतासे,अम्बास,घुर्पाङ्ग,सिक्राल देखि गेलुदाेभान गेलु सम्मकाे सामरिक भाैगाेलिक सन्तुलन र सेवाग्राहीकाे चाप हेर्ने हाे भने साविक स्थान सिक्राल नै स्थायी वडा कार्यलयका लागि बैज्ञानिक रुपमा उपयुक्त छ।स्मरण रहाेस यसै वडामा रहेकाे माध्यमिक विद्यालय सिक्रालमा यस वडाका सम्पुर्ण विद्यार्थीहरु समेत पठनपाठनका लागि आइरहेका छन्, भने अर्काेतर्फ यस वडाको मतदान केन्द्र समेत यहि स्थानमा छ। तसर्थ यथाशीघ्र साविक स्थान सिक्रालमा वडा कार्यालय स्थायी रुपमा ताेकियाेस भनि ज्ञापनपत्र पेश गरेका छन । साथै स्थायी वडा कार्यालय ताेक्नका लागि दबाब समुहकाे नामावली यसै ज्ञापनपत्रका साथ संलग्न गरेका छन ।
बोधार्थ
१ मन्थलि नगरपालिका, रामेछाप
२-संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ,नेपाल सरकार
३-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)
४-नेपाली काङ्ग्रेस
५-नेकपा (क्रान्तिकारी माओवादी )

प्रतिकृया दिनुहोस्