News Portal

  • नेपालगन्जमा थप ६ जनामा कोरोना, संक्रमितको संख्या ७५ पुग्याे

    रातोपोस्ट संवाददाता
    ३९२ पटक

    काठमाडौं। बाँकेको नेपालगन्जमा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो।

    उनीहरु नेपालगन्ज उपमहानगरपालिका ८ निवासी १६, २१ र ३४ वर्षका पुरुष र ४०, ५५ र ६० वर्षका महिला छन्।
    योसहित नेपालमा कुल संक्रमितको संख्या ७५ पुगेको छ।

    केही दिनअघि नेपालगन्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो। ती व्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन परीक्षणका लागि प्रयोगशाला लगिएको थियो। तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)