News Portal

दाजु राहत पाउनु भाे?

DB सर्वश्रेष्ठ
१२४६ पटक

दाजु
राहत पाउनु भयो ?
पाँए नी हजुर
पुलिसको चार लौरा!

अनि कहाँ हिड्नु भएको ?
काम खोज्न
हँ! अहिले कहाँ काम पाइन्छ ?
पाइन्छ नि हजुर ठुला ठुला
महलमा !

के काम ?
भाँडा माझ्ने कपडा धुने
अनि कति पैसा दिन्छन् ?
दिन्छन् हजुर खाइ नसकेको
दुई वटा रोटि
किन दुई वटा रोटिमा काम गर्नु भएको त ?
भोक मेट्न हजुर ………..

कहाँ बस्नु हुन्छ ?
त्यो पुल पारिको टहरामा
त्यो कस्को हो ?
मालिकको हजुर
तपाईंलाई रोगको डर लाग्दैन?
लाग्छ नि हजुर भोकले
छोरा छोरी मर्छन भन्ने डर !

अनि तपाइँको नाम के हो ?
धनिले खात्ते भन्छन्
सरकारले मजदुर !
किन त्यस्तो नाम रह्यो तपाइँको ?
गरिब भएर हजुर …………..

प्रतिकृया दिनुहोस्