News Portal

  • म बादल गुटमा छैन् : देव गुरुङ

    रातोपोस्ट संवाददाता
    ७०२ पटक

    काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा संसदीय दलका प्रमुख सचेतक देव प्रसाद गुरुङले आफू पार्टीभित्र कुनैपनि गुटमा नरहेको स्पष्ट पारेका छन् ।

    पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आफू रामबहादुर थापा बादल वा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कसेको पनि गुटमा नरहेको बताएका हुन् ।

    उनले आफू पार्टी विधि र विधानअनुसार चल्नुपर्छ भन्ने पक्षमा रहेको जिकिर गरे । उनले यही बैशाख २५ गते विहान बस्ने स्थायी कमिटी बैठकमा आफ्ना कुराहरु खुलस्त राख्नेपनि जानकारी दिए ।

    पछिल्लो समय नेकपाभित्र विवाद उत्कर्षमा पुगेको छ । नेताहरु तीन समूहमा विभाजित भएका छन् । एउटा समूहको नेतृत्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् ।

    अर्को समूहको नेतृत्व कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले गरेका छन् भने अर्को समूहको नेतृत्व फेरी माधव कुमार नेपालले गरिरहेका छन् । अहिले दाहाल र नेपाल समूह एउटै कित्तामा उभिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)