News Portal

  • जेठ ५ सम्म लम्बियो ‘लकडाउन’

    रातोपोस्ट संवाददाता
    ३९४ पटक

    काठमाण्डौ। सरकारले लकडाउन ११ दिन थपेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्बाउने निर्णय गरेको हो ।

    कोरोना भाइरसको संक्रमण रोकथामको लागि लकडाउन नै उपयुक्त विधि भएको निष्कर्ष निकाल्दै बैठकले लकडाउनको अवधि थप्ने निर्णय गरेको हो । यसअघि थपिएको लकडाउनको अवधि बिहीबार सकिंदै थियो ।

    मंगलबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा कोरोनाको जोखिमका आधारमा सबै जिल्लालाई रातो, तीन क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउनको स्वरुप परिवर्तन गर्ने प्रस्ताव पेश भएको थियो ।

    तर प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा संक्रमणको अवस्था जोखिमपूर्ण देखिएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले स्वरुप परिवर्तन नगरी लकडाउन लम्बाउनुपर्नेमा जोड दिएका थिए । प्रधानमन्त्रीकै जोडमा लकडाउनको अवधि थपिएको हो।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)