News Portal

  • लिपुलेक माथि भारतको हस्तक्षेप, राष्ट्रमुक्ति आन्दोलनका लागि तयार रहन युवा संगठनकाे आग्रह

    रातोपोस्ट संवाददाता
    ३०५९ पटक

    कर्णाली । नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठनले भारतले आफ्नो भुमि लिपुलेक मिचेर सडक विस्तार गरेको भन्दै आपत्ति जनाएको छ।

    भेरी कर्णाली व्युराे इन्चार्ज दिपले आज एक विज्ञप्ति सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय कानुन विपरीत भारतिय साम्राज्यवादी सत्ताले सार्वभौम मुलुक नेपालको भु-भाग मिचेर लिपुलेक हुँदै मानसरोवर जाने सडक निर्माण गरि उद्घाटन गरेको भन्दै उक्त घटनाको विरुद्ध सबै युवाहरुमा एक भएर लड्न अपिल गरिएको छ।

    विज्ञप्तिमा भनिएको छ- संयुक्त राष्ट्रसंघको वडापत्र र सार्कको वडापत्र विपरीत र अन्तरास्ट्रिय कानुनको उल्लंघन गर्दै भारतिय साम्राज्यवादी सत्ताले एक सार्वभौम मुलुक नेपालको भुभाग लिपुलेक हुँदै मानसरोवरसम्म जाने बाटो निर्माण र उद्घाटन भारतीय सत्ताले आफ्नो भिडियो कन्फ्रेन्स मार्फत गरेको छ ।

    नेपाल माथिको उक्त निन्दनीय साम्राज्यवादी हस्तक्षेपले हामी देशभक्त युवाहरुलाई निक्कै आक्रोशित तुल्याएको छ, र यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

    यस अघि पनि नेपालको लिपुलेक-लिम्पियाधुरा-कालापानी सहितको भुभाग भारतिय साम्राज्यवादले आफ्नो नक्सामा गाभेको घटनालाई लिएर देशभर हाम्रो गौरवशाली युवा संगठनको आह्वानमा देशभक्त युवाहरुले उक्त भारतिय नक्सामा आगो लगाएर, कोण सभा गरेर र अन्य संघर्षद्वारा भारतीय सत्ताको हर्कत माथि बिम्बात्मक प्रतिरोध गरेको थियो ।

    भने केपि सरकार र यो सत्ताको प्रतिपक्षीले उक्त अतिक्रमणको विरोधमा एक शब्द पनि खर्चेन, बरु विरोध गर्ने देशभक्त युवाहरुलाई दमन र जेलनेलको डन्डा चलाएर विदेशी मालिकको चाकरीमा नाङ्गो नाच नै देखायो । तसर्थ यो सत्ताको भ्रममा नपर्न पनि सम्पुर्ण युवाहरुमा आग्रह गर्दछौं ।

    हाल आएर पुनः कोरोनाको विश्व त्रासदीको समयमा लिपुलेकमा भएको भारतिय अतिक्रमण र हस्तक्षेपको कडा शब्दमा तिब्र भत्सर्ना गर्दै यस घटना विरुद्ध एक हुन देशभरका राष्ट्रिय मुक्ती युवाहरुमा, परिवर्तनकामी युवाहरुमा हार्दिक अपिल गर्दछौं ।

    आवश्यक पर्दा राष्ट्रमुक्ती आन्दोलनको लागि तयार रहन पनि देशभक्त तथा परिवर्तनकारी युवाहरुमा अपिल गर्दछौं ।

    अभिवादन सहित !
    बिज्ञप्तिकाे पुर्ण पाठ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)