News Portal

बाबुराम भट्टराईले संसदमै मागे प्रधानमन्त्रीको राजीनामा

रातोपोस्ट संवाददाता
५५० पटक

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । संसदमा सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका हुन् ।

“प्रधानमन्त्रीले शरीरलाई आराम दिनु नै राम्रो हुन्छ,” उनले भने, “राजीनामा दिनुनै उपयुक्त हुन्छ ।” उनले प्रधानमन्त्री भइसकेका व्यक्ति अभिभावक भएर बस्नुपर्ने अवस्था आएको बताए । उनले शिखर चढ्न सजिलो हुने उल्लेख गर्दै त्यहाँ रहिरहन गाह्रो हुने बताए । “घोडालाई खोलासम्म लैजान सकिन्छ पानी पियाउन सकिँदैन,” उनले भने ।

प्रतिकृया दिनुहोस्