News Portal

  • नेपालस्थित भारतीय दूतावासमा प्रदर्शन गर्न क्रममा विद्यार्थीहरु पक्राउ

    रातोपोस्ट संवाददाता
    ३९७ पटक

    काठमाडौं । भारतले नेपाली भूमि मिचेर लिपुलेक हुँदै मानसरोबर जाने सडक मार्ग बनाएको विरोधमा शनिबार नेपालस्थित भारतीय दूतावासमा प्रदर्शन गर्न पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

    सत्तारुढ नेकपा निकट अनेरास्ववियूका नेता सुदेश पराजुलीको नेतृत्वमा लैनचौरस्थित दूतावासतर्फ अघि बढ्दै गरेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो।

    प्ले कार्डसहित शान्तिपूर्ण विरोधका लागि करिब दुई दर्जन विद्यार्थी दूतावास अगाडि पुगेका थिए ।

    भारतीय रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत विवादित सडकको शुक्रबार उद्घाटन गरेका थिए । यसको नेपालमा चौतर्फी विरोध सुरु भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)