News Portal

  • भारतले लिपुलेकमा सडक बनाएकोप्रति नेकपाले गर्‍याे भर्त्सना, निर्माण कार्य तत्काल रोक्न माग

    रातोपोस्ट संवाददाता
    ५०४ पटक

    काठमाडौं। भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जोड्ने सडकमार्गको उद्घाटन गरेको घटनाप्रति सत्तासिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा )ले भर्त्सना गरेको जनाएको छ।

    नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा शनिबार जारी वक्तव्यमा भारतको उक्त कदम नेपाल- भारत उच्चस्तरीय समितिबीचमा भएको सहमतिविपरीत रहेको ठहर गरेका हो।

    नेपालले कोरोना भाइरसविरुद्धमा आफ्ना प्रयास केन्द्रित गरेको समयमा नेपाली भूमि हुँदै सडक बनाएर उद्घाटन गर्ने कार्य निराशाजनक भएको नेकपाको टिप्पणी छ।

    विज्ञप्तिमा नेपाल र भारत सरकारलाई दुबै पक्षबीच भएको समझदारी अनुसार कूटनीतिक माध्यमबाट सीमा समस्याको समाधान गर्न तत्काल आवश्यक भएको उल्लेख गरिएको छ। नेकपाले सडक निर्माणसँग सम्बन्धित सबै काम तत्काल स्थगित गर्न आग्रह गर्दै यस्ता गतिविधिहरु पुनः नदोहोर्‍याउन पनि आग्रह गरेको छ।

    यो घटनाको नेपालको परराष्ट्र मन्त्रालयले आपत्ति जनाइसकेको छ, भने भारतको विदेश मन्त्रालयले जवाफ फर्काउँदै सडक आफ्नै भूमिमा बनाएको जिकिर गरिसकेको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)