News Portal

कोरोना अपडेट : अमेरिकामा ज्यान गुमाउनेको संख्या ८० हजार नाघ्यो

रातोपोस्ट संवाददाता
१२६५ पटक

काठमाडौँ । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको र संक्रमितको संख्या बढेको देखिएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १४ सय ३८ जनाको मृत्यु भएको देखिएको छ ।

अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या ८० हजार ३७ पुगेको छ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ५५ हजार १९५ संक्रमित पुष्टि भएको छ । यो सँगै अमेरिकामा संक्रमितको संख्या १३ लाख ४७ हजार ३०९ पुगेको छ । त्यस्तै अमेरिकामा अहिलेसम्म २ लाख ३८ हजार ७८ जना ठिक भएका छन् ।

प्रतिकृया दिनुहोस्