News Portal

कपिलवस्तुमा थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२० पुग्यो

रातोपोस्ट संवाददाता
१२८४ पटक

काठमाडौँ । नेपालमा कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित हुनेहरुको संख्या १२० पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२० पुगेको हो ।

सोमबार संक्रमण पुष्टि भएका सबै कपिलवस्तु जिल्लाका रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

कपिलवस्तुको यशोधरा गाउँपालिका–५, र बुद्धभूमि नगरपालिका–७ का १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका पुरुष र एक जना उमेर नखुलेका पुरुष रहेको मन्त्रालयले जानकारी दिएको छ । योसँगै कपिलवस्तुमा मात्रै संक्रमितको संख्या १५ पुगेको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।

हालसम्म उदयपुरमा ३२, पर्सामा २५, बाँकेमा २४, कपिलवस्तुमा १५, काठमाडौंमा ५, कैलालीमा ४, रौतहटमा ३ तथा बागलुङ, बारा, चितवन र झापामा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सर्लाही, रुपन्देही र कञ्चनपुरमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्