News Portal

राष्ट्रिय स्वाधिनता र आत्मनिर्भरताका लागि प्रवासी युवाको गर्जन।

रातोपोस्ट संवाददाता
१९०९ पटक

राष्ट्रियता देशकाे सिमाना बिदेशि अतिक्रमणबाट जोगाउन आवस्यकता परेको स्थितिमा नेपाल सरकार असमर्थ हुन्छ भने, बिदेशीहरुले नेपाली भुमि मिचेर हाम्रो देशकाे माटाेमा धावा बोल्छ भने, प्रवासबाट लाखौ युवा शक्तिहरु फर्किन तयार छौ।

पुर्खाले रगत पसिना खर्चेर बचाएको देश नेपाल हो, बिरताले भरिएकाे ईतिहास भएको हाम्रो देश नेपाल हो। त्यो इतिहासलाई मेट्न दिने छैनौ। भारतीयहरुकाे गुलाम हुनु भन्दा दलालहरुकाे दासता ग्रहन गर्नु भन्दा सिमानामा देश रक्षाकाे लागि सहिद हुन तयार छौँ ।

नेपाल सरकारले कुटनितिक रुपमा यथासिघ्र पहल गर्नु पर्यो सिमा बिबादकाे बारेमा भारतले लिपुलेख, काला पानी, लिम्पियाधुरा मात्र होइन नेपाल भारत सिमाना जोडिएकाे धेरै ठाउँहरुमा जमिन मिचिरहेकाे छ, रातारात जङ्गे पिल्लर हटाइ रहेको छ।

अब नेपाल सरकार मौन भएर, आखा बन्द गरेर, हातमा हात बाधेर, मुख सिलाएर, तै चुप मै चुप बस्नु हुदैन नेपानी सेनालाई सिमा रक्षा गर्न आदेश देउ नेपाली सेना र नेपाल सरकारले नसक्ने स्थिति आउछ भने नेपाली जनतालाई आदेश देउ सिमाना सुरक्षा गर्न बिर गोरखालीका सन्तान नेपाली जनताहरुले बिरता पुर्बक सिमा रक्षा गर्न हासी खुसि पुनः बिरताका साथ सफल भएर देखाउने छन ।

छिमेकी देश भारत चाईनाले होस, अथवा कुनै पनि देशले नेपाली भुमिमा गर्ने कुनै पनि हस्तक्षेपकारी निति ल्याउछ भने, नेपाल देश र जनताकाे बिरुद्ध धावा बोल्छ भने, नेपालीहरु देशकाे पक्षमा एक भएर प्रतिबाद गर्नु पर्द्छ।

हामी कुनै पनि राजनीतिक दलकाे समर्थक हौला तर देश र जनताकाे पक्षमा हामी सदा एक भएर लाग्नु पर्छ। बिस्तारवादी बिदेशी शक्तिहरुकाे बिरुद्द जाई लाग्नु पर्छ राष्ट्रिय स्वाधीनता बचाउनकाे लागि। जब देश नै नरहे हामी नेपाली कहा रहुला र ? भारतिय हस्तक्षेप बिरुद्ध नेपाली जनता एक हौ देशकाे
सार्वभौमिकता जोगाउँ हाम्रो जमिन लुटन आई लाग्नेलाई कडा प्रतिकार गरेर सबक सिकाउन जरुरी छ।

ताकि भबिस्यमा नेपाली जमिनमा गिद्धे नजर लगाउने दुस्साहस कसैले गर्न नपाओस। भारतीय नव सम्राज्यवाद बिरुद्ध पार्टीगत स्वार्थ भन्दा माथी उठेर नेपाली जनता भएर लड्नुको बिकल्प छैन। सत्तामोहमा रहेकाहरुलाई चेतनाहोस।

आत्मनिर्भरता

नेपाली जनताहरुकाे मुक्तिको आन्दोलनका बिभिन्न कालखण्ड लाखौ नेपाली जनताका छोराछोरी हरुले बलिदान त्याग तपस्या गर्दै आएका छ्न चाहे त्यो बिदेशी साम्राज्यवादीकाे बिरुद्ध भण्डाफोरको युद्ध होस अथवा नेपालकाे शासकहरु दलाल फासिबादि सत्ताकाे बिरुद्द होस हाम्रा पुर्खाहरुहरु अग्रजहरु जनताहरुकाे पक्षमा निरन्तर आन्दोलन गर्दै आएका छ्न।

२०५२ सालबाट शुरु भएको दश बर्षे जनयुद्ध २०६२/६३ एतिहासिक जनआन्दोलनबाट प्राप्त भएको उपलब्धिहरुलाई सस्थागत भएको अनुभुति गर्न सक्ने अवस्था नै छैन जनतालाई।

राजनीतिक दलकाे आकार प्रकार तल माथि भएपनि नेता कार्यकर्ताकाे जीबनस्तर राम्रो भए पनि आम निम्न बर्गिय मजदुर,किसान, मध्य बर्गिय जनताहरुकाे जीवनस्तर सुध्रिन सकेको छैन । जनताकाे समस्या ज्युका तियु छन, तर नेताहरुकाे सानो फुई छैन भाषण ठुला ठुला गर्छन चुनाबमा। फेरि चुनाब जितेर उही संसदिय ब्यवस्थामा बसेर देश र जनतालाई लुटपिट गर्छन ।

गरिब मजदुर किसान तमाम सर्वहारा बर्गकाे जिबन स्तर दयनीय भैरहेको छ। लाखौ युवा जनशक्ति रोजगारीकाे लागि बिदेश पलायन भैरहेका छ्न, बिदेशीको अगाडी शिर निहुराएर काम गरिरहेका छ्न।

पुर्खाकाे बिरताले भरिएको इतिहासले विश्वका महाशक्तिशाली भनाउदा देशहरु अरुको गुलाम बनी रहदा सर्वभौम देश नेपालले आफ्नो शिर कहिले झुक्न दिएको थिएन।

अहिले देशमा पर्याप्त रोजगार नहुदा लाखौ युवाहरु बिदेशि भुमिमा आफ्नो श्रम बेच्न बाध्य भैरहेका छ्न राज्यले देशमा नै आफ्नो नागरिकलाई रोजगारी दिन सक्ने बाताबरण बनाउने हो भने ठुलाे युवा शक्ति बिदेश पलायन हुन बाट रोकिने थियो युवा जन शक्तिलाई राज्यले सहि सदुपयोग गरि बिकास निर्माण उद्योग कलकारखाना उत्पादन मुलक क्षेत्रमा कृषि क्षेत्रमा बिभिन्न खोज अनुसन्धान बैज्ञानिक क्षेत्रमा लगाउने हो भने देशलाई चाहिने सम्पुर्ण उपभोग्य बस्तुहरु देशमा नै उत्पादन गर्ने निर्यात त्यति गर्न नसके पनि अरु देशबाट हुने आयात कम गर्न सकियो भने पनि राज्यकाे अर्बौ रकम जोगिन छ। अनि त्यो पैसा राज्यकाे ढुकुटीमा जम्मा भै आर्थिकरुपले बलियाे हुन्छ।

देशमा बिभिन्न किसिमका खनिज पदार्थ निकाल्ने बनजंगलबाट जडिबुटि उत्पादन तथा प्रशोधन गरेर औषधी बनाउने कृषि उत्पादन गरेर बिदेश निर्यात गर्न सक्यो भने देशको आयश्रोत वृद्धि भै नेपालकाे प्रति ब्यक्ति आय बढेर जाने थियो यसले नेपाली अर्थतन्तत्रमा टेवा पुगी नेपाली जनताहरुकाे जीवन स्थर राम्रो हुने थियो नेपाललाई एक बिकसित देशकाे तुलना गर्ने योग्य बनाउन सकिने थियो अनि नेपालिहरु बिदेशमा काम गर्ने होइन घुमफिर गर्न बिभिन्न अनुसन्धान गर्न, बिश्व भ्रमण गर्न, नेपालीहरु गएकाे हेर्न पाईने थियो, शक्तिशाली देशको नागरिक भएको महसुस गर्न पाईने थियो।

रबिन पुन (अन्जान)
कोषाध्यक्ष
नेपाली जनप्रगतिशिल मोर्चा कतार

प्रतिकृया दिनुहोस्