News Portal

  • सीमा अतिक्रमण विरुद्ध मसाल जुलुस निकाल्ने नेविसंघका ७ नेता पक्राउ

    रातोपोस्ट संवाददाता
    ३५० पटक

    काठमाडौं। भारतले नेपाली भूमि अतिक्रमण गरी सडक उद्घाटन गरेको भन्दै त्यसविरुद्ध मसाल जुलुस निकाल्ने नेविसंघका विद्यार्थी पक्राउ परेका छन्। सोमबार साँझ काठमाडौंको थलीमा मसाल जुलुस निकालेका नेविसंघका ७ नेताहरू पक्राउ परेका हुन्।

    पक्राउ पर्नेमा विद्यार्थी नेता मनिष सिम्खडा, कान्तिपुर क्याम्पसको स्ववियु सभापति पावल वज्राचार्य, सहिद आदर्श क्याम्पसका स्ववियु सभापति निराजन नेपाल, कागेश्वरी मनोहरा नगरपालिकाका नगर सदस्य सूर्य केसी छन्। यसैगरी क्षेत्र नम्बर ५ नेविसंघ सचिव दिपन्कर वज्राचार्य, उज्वल वज्राचार्यसमेत पक्राउ परेको विद्यार्थी नेता सिम्खडाले जानकारी दिए।

    ‘हामीले थलीमा राँकेजुलुस निकालेका थियौं,’ विद्यार्थी नेता सिम्खडाले भने, ‘प्रहरी आएर हामीलाई पक्रियो।’ हाल उनीहरू सबैलाई महानगरीय प्रहरी वृत्त बौद्धमा राखिएको छ। पक्राउ परेका सबै नेविसंघका नेताहरू हुन्।

    सोमबार नै प्रहरीले नेविसंघ एकसयभन्दा बढी नेताहरूलाई पक्राउ गरेको नेपाली कांग्रेसले जनाएको छ। उसले पक्राउ परेका सबैलाई तत्काल रिहा गर्न र सीमा समस्याको तत्काल समाधान खोज्न आग्रह गरेको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)