News Portal

  • काठमाडौं आयो चिनियाँ जनमुक्ती सेनाले पठायो स्वास्थ्य सामाग्री

    रातोपोस्ट संवाददाता
    २३९ पटक

    काठमाडौं । चिनियाँ जनमुक्ती सेनाले नेपाली सेनाका लागि स्वास्थ्य सामाग्री पठाएको छ । नेपाली सेनाको लागि सहयोग सामाग्री र मेडिकल किट्स लिएर चिनियाँ एयरफोर्सको चार्टर्ड विमान काठमाडौंमा अवतरण गरेको हो ।

    चिनियाँ जनमुक्ती सेनाले नेपाली सेनालाई कोरोना भाइरसको संक्रमणसँग जुध्नका लागि स्वास्थ्य सामाग्री पठाएको हो । चिनियाँ जनमुक्ती सेना नेपालमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला स्वास्थ्य सामाग्री सहयोग गर्ने पहिलो विदेशी सेना हो ।

    यसअघि नेपालमा भुकम्प जांदा भारतिय सेना सहयोगको लागी सबैभन्दा पहिलो नेपाल पुगेको थियो । तर, यसपटक भने चिनियां सेनाले पहिलो पटक सहयोग सामाग्री सेनालाई पठाएको हो । सेनामा पहिले भारत,अमेरिका र बेलायत सहयोग गर्दै आएकोमा यसपटक भने चीनले चार्टड विमान नै पठाएर सहयोग गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    सामाग्री हस्तान्तरणका लागि नेपाली सेना र काठमाडौंस्थित चिनियाँ दूतावासमा कार्यरत सैनिक सहचारी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)