News Portal

कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नजिक, ४४ लाख वढी संक्रमित

रातोपोस्ट संवाददाता
८४३ पटक

काठमाडौं। विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ९८ हजार १ सय ६५ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना भाइरसबाट ४४ लाख २९ हजार २३२ जना संक्रमित छन् ।

बितेको २४ घण्टामा ५ हजार १ सय ५२ जनाले ज्यान गुमाएका छन् भने ८६ हजार २ सय ८७ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।संक्रमितमध्ये १६ लाख ५४ हजार ८ सय ८९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २४ लाख ७१ हजार २ सय ३२ जनाको उपचार भइरहेको छ ।

उपचाररत मध्ये ४५ हजार ९ सय ३२ जनाको अवस्था गम्भीर छ । संक्रमणबाट अमेरिकामा ८५ हजार १ सय९ ७ को मृत्यु भएको छ भने १४ लाख वढी संक्रमित रहेका छन् । यसैगरी बेलायतमा २ लाख २८ हजार संक्रमित हुँदा ३३ हजार वढीको मृत्यु भएको छ ।

इटालीमा २ लाख वढी संक्रमित हुँदा ३१ हजार वढीको मृत्यु भएको छ । पछिल्लो समय ब्राजिलमा मृतक र संक्रमितको संख्या वढिरहेको छ ।

ब्राजिलमा झण्डै संक्रमितको संख्या २ लाख पुग्दा मृतकको संख्या १३ हजार २ सय ४० पुगेको छ । यस्तै भारतमा ७८ हजार संक्रमित पुग्दा ज्यान गुमाउने संख्या २५ सय नाघेको छ । ।

प्रतिकृया दिनुहोस्