News Portal

प्यारिभिट्टामा विपन्न परिवार राहत बितरण, युवाहरुले गरे बसपार्क सरसफाई

रातोपोस्ट संवाददाता
८८५ पटक

झापा। झापाकाे मेचिनगर नगरपालिका वडा- ७ मा रहेकाे प्यारीभिट्टा युवा क्लबले २३ विपन्न परिवारलाई खाद्यान्न सामाग्री सहयोग गरेकाे छ ।

प्यारीभिट्टामा राजु शिवाकोटीको पहलमा वडामा रहेका मजदुर तथा विपन्न २३ परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।

लकडाउनकाे कारण दैनिक ज्यालादारीमा काम गर्नेहरु मजदुरहरु समस्यामा परि यतिबेला सहयोगको आपेक्षा गरिरहेका छन् ।

उनीहरूको दैनिकी ठप्प भएको छ । जसका कारण विभिन्न सहयोगी संस्था, मनकारी व्यक्ति लगायतले स्वेच्छाले राहत बाँडिरहेका छन् । सरकारले स्थानीय तह नगरपालिका एकद्वार प्रणाली लागू गरेर गरिब परिवार सम्म पुग्न सकिरहेकाे छैन।

विपन्न तथा गरिब परिवारलाई जर्मनीमा बस्नुहुने रेखामाया पोख्रेल (भुसाल) मार्फत जर्मनीमा कार्यरत राजाराम राउतकाे परिवारबाट १०० युरो, अनुप पोख्रेलकाे परिवारबाट १७५ युरो चन्द्रकान्त आचार्य तथा साबित्रा आचार्यबाट ५० युरो रकम र टंक उप्रेतीबाट गरि जम्मा ४६ हजार ३ सय रुपैयाँ रकम संकलन भएकाे शिवाकोटीले बताए । सहयाेग गर्नु हुने सबैमा शिवाकोटीले धन्यवाद दिएका छन।

आजै शिवाकोटीकाे अगुवाइमा प्यारिभिट्टामा सरसफाई कार्यक्रम सम्पन्न गरिएकाे छ।

सरसफाईकाे कार्यक्रममा प्यारिभिट्टा युवा क्लबका अध्यक्ष मुक्ति काफ्ले, क्लबका सचिब राजमान तामाङ तथा स्थानीय जनताहरुकाे सहभागीता रहेकाे थियाे।

प्रतिकृया दिनुहोस्