News Portal

  • आज ५ बजे मन्त्रिपरिषद् बैठक, लकडाउन थप्ने तयारी

    रातोपोस्ट संवाददाता
    ३२२ पटक

    काठमाण्डौ। लकडाउनका बारेमा थप छलफल र निर्णय गर्न मन्त्रिपरिषदको बैठक आज बस्दैछ ।

    पछिल्लोपटक थपिएको लकडाउनको समय सोमबार रातिदेखि सकिने भएकाले अब कसरी अघि बढ्ने भन्नेबारेमा निर्णय गर्न मन्त्रिपरिषदको बैठक बेलुकी ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । त्यसअघि कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक पनि बस्दैछ ।

    सिंहदरबारमा बस्ने समितिको बैठकले लकडाउनका बारेमा सरकारलाई सिफारिस गर्नेछ । जनस्वास्थ्य क्षेत्रका विज्ञसँगको छलफल समेतका आधारमा सरकारलाई सिफारिस गर्ने समितिको तयारी छ । समितिको सिफारिसमाथि मन्त्रीपरिषदमा थप छलफल गरी निर्णय गरिने सरकारले जनाएको छ ।

    समितिमा कोरोनाको प्रभाव कम देखिएका क्षेत्रमा लकडाउन खुकुलो र प्रभाव धेरै देखिएको ठाउँमा अझ कडा बनाउने विकल्पमा छलफल भएपनि कोरोनाबाट ज्यानै गएको तथा सङ्क्रमित पनि बढिरहेकाले लकडाउन लम्बिने सम्भावना छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)