News Portal

  • नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३७५ पुग्यो

    रातोपोस्ट संवाददाता
    ४५७ पटक

    काठमाण्डौ। सोमबार राति थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । सोमबार एकैदिन ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै सङ्क्रमितको सङ्ख्या ३७५ पुगेको छ ।

    पछिल्लो रिपोर्ट अनुसार सबैभन्दा धेरै १२ जना बाँकेको रैनापुरका पुरुष रहेका छन् । त्यस्तै धनुषाका दुई जना पुरुष, खोटाङ हलेसीका एक जना पुरुष, दैलेख आठबिस-१ का एक पुरुष, सुनसरीका एक पुरुष र झापाका एक पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

    दैलेखमा एक जना पुरुषमा सङ्क्रमण पुष्टि भएसँगै सोमबार पहिलो पटक कर्णाली प्रदेशमा पनि कोरोना देखिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)