News Portal

थप २७ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ४०२ पुग्यो

रातोपोस्ट संवाददाता
७३७ पटक

काठमाडौं । नेपालमा थप २७ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालमा कुल संक्रमितको संख्या ४०२ पुगेको जानकारी दिए ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ देखि ४२ वर्ष उमेर समूहका २४ जना पुरुष र ३ जना महिलामा संक्रमण देखिएको हो।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार झापामा ९, मोरङमा १, सुनसरीमा १, सर्लाही २, काठमाडौंमा ३, भक्तपुरमा १, मकवानपुरमा १, रामेछापमा १, ललितपुरमा १, सिन्धुलीमा १, कपिलवस्तुमा ४ र नवलपरासीमा १ जना नयाँ संक्रमित थपिएका हुन् ।

देवकोटाका अनुसर झापाका ६२ वर्षीय कोरोना निको भएर घर फर्किएसँगै नेपालमा कोरोना संक्रमित भएर निको हुनेको संख्या ३७ पुगेको छ ।

उनका अनुसार अहिलेसम्म पिसिआर विधिबाट ३२ हजार ६०४ र आरडिटी विधिबाट ७४ हजार ६४९ परीक्षण गरिएको छ । नेपालमा कुल २१ हजार ६२३ जना क्वारेन्टाइना बसिरहेका छन् भने ४५७ जना आइसोलेसनमा बसेका छन् । विश्वमा अहिलेसम्म ४६ ला २८ हजार ९०३ जनामा कोरोना संक्रमण देखिएको छ भने ३ लाख १२ हजार ९ जनाको मृत्यू भइसकेको छ ।

प्रतिकृया दिनुहोस्