News Portal

  • सरकारको नीति तथा कार्यक्रम पारित

    रातोपोस्ट संवाददाता
    ६१८ पटक

    काठमाण्डाै। राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संयुक्त सदनमा प्रस्तुत गर्नुभएकाे आगामी वर्षको लागि नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

    सांसदहरु दुर्गा पौडेल, प्रेम सुवाल, मिनेन्द्र रिजाल, लक्ष्मणलाल कर्ण र सरिता गिरीले नीति तथा कार्यक्रम संशोधन गर्न माग गरे पनि मङ्गलबार बहुमतले पारित भएको छ ।बहुमतले नीति तथा कार्यक्रम पारित भएकाले यसमा भएका व्यवस्था संशोधन हुने छैनन् । यसकै आधारमा अर्थ मन्त्रालयले बजेट बनाइरहेको छ ।

    विभिन्न राजनीतिक दल र नेताहरुले सरकारकाे नीति तथा कार्यक्रम प्रभावकारी नभएकाे भन्दै आलाेचना गर्नै आइरहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)