News Portal

  • कोरोनाबाट आमा गुमाएका नवजात शिशुसहित परिवारका सदस्यलाई अस्पतालले गर्यो डिस्चार्ज

    रातोपोस्ट संवाददाता
    ३१३ पटक

    काठमाडौं । कोरोना संक्रमणका कारण ज्यान गुमाएकी महिलाको नवजात शिशुसहित अन्य परिवारको सदस्यको आज डिस्चार्ज गरिएको छ । धुलिखेल अस्पतालले एक विज्ञप्ति निकाल्दै नवजात शिशुसहित सबैलाई डिस्चार्ज गरिएको जनाएको छ ।

    मृतक महिलाको परिवारका सदस्यहरुको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण नदेखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको विज्ञप्तिमा भनिएको छ । नवजात शिशुको दुइपटक पीसीआर मार्फत कोरोना परीक्षण गर्दा पनि नेगेटिभ रिपोर्ट आएको थियो ।

    शिशुलाई जण्डिस देखिएर शरिरमा बिमिरा आएको भएपनि बाल रोग विशेषज्ञलाई देखाएको र सो निको भइसकेको अस्पतालले जनाएको छ । चिकित्सकले नवजात शिशु डिस्चार्ज गर्न योग्य भएको बताएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

    बाह्रबिसे नगरपालिका- ९ की २९ वर्षीय महिलाको जेठ १ गते कोरोना संक्रमणका कारण निधन भएको थियो । उनी नेपालको कोरोनाबाट मर्ने पहिला व्यक्ति हुन् । उनी ९ दिनकी सुत्केरी थिइन ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)