News Portal

विश्वभर कोरोनाबाट ५३ लाख संक्रमित हुँदा २१ लाख बढी निको भए (अपडेट)

रातोपोस्ट संवाददाता
४२१ पटक

एजेन्सी। विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट हालसम्म विश्वभर २१ लाख बढी निको भएका छन्। संक्रमित ५३ लाख ९ हजार १४२ मध्ये २१ लाख १२ हजार १७ जना निको भइसकेका हुन्।

अमेरिकामा सबभन्दा बढीले स्वास्थ्य लाभ प्राप्त गरेका छन्। संक्रमित १६ लाख २२ हजार ४४७ मध्ये ३ लाख ६१ हजार २३९ जना निको भएका हुन्। त्यस्तै अमेरिकामै सबभन्दा बढीले ज्यान गुमाएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार हालसम्म अमेरिकामा ९७ हजार ७६ ले ज्यान गुमाइसकेका छन्।

अमेरिकापछि जर्मनीका संक्रमितले स्वास्थ्य लाभ प्राप्त गरेका छन्। जर्मनीमा १ लाख ७९ हजार ९८६ संक्रमितमध्ये १ लाख ५९ हजार ७१६ निको भएका हुन्। त्यस्तै ८ हजार २६१ ले ज्यान गुमाएका छन्।

संक्रमित संख्याको आधारमा दोस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमित ३ लाख ४७ हजार ३९८ मध्ये १ लाख ४२ हजार ५८७ ले स्वास्थ्य लाभ प्राप्त गरेका छन्। यस्तै २२ हजार १३ को ज्यान गएको छ।

रुसमा हालसम्म १ लाख ७ हजार ९३६ निको भइसकेका छन्। संक्रमित ३ लाख ३५ हजार ८८२ मध्ये ३ हजार ३८८ को भने मृत्यु भएको छ।

कोरोनाबाट उच्च प्रभावित दस देशको आँकडा

अमेरिका
संक्रमित: १६,२२,४४७
मृत्यु: ९७,०७६
निको: ३,६१,२३९

ब्राजिल
संक्रमित: ३,४७,३९८
मृत्यु: २२,०१३
निको: १,४२,५८७

रुस
संक्रमित: ३,३५,८८२
मृत्यु: ३,३८८
निको: १,०७,९३६

बेलायत
संक्रमित: २,५८,५०४
मृत्यु: ३६,७५७
निको: १,१४९

स्पेन
संक्रमित: २,३५,२९०
मृत्यु: २८,६७८
निको: १,५०,३७६

इटाली
संक्रमित: २,२९,३२७
मृत्यु: ३२,७३५
निको: १,३८,८४०

फ्रान्स
संक्रमित: १,८२,०३६
मृत्यु: २८,२१८
निको: ६३,९८८

जर्मनी
संक्रमित: १,७९,९८६
मृत्यु: ८,२६१
निको: १,५९,७१६

टर्की
संक्रमित: १,५५,६८६
मृत्यु: ४,३०८
निको: १,१७,६०२

इरान
संक्रमित: १,३३,५२१
मृत्यु: ७,३५९
निको: १,०४,०७२

(स्रोत: जोन्स हप्किन्स विश्वविद्यालय)

प्रतिकृया दिनुहोस्