News Portal

  • कोरोना निको हुनेको संख्या ८७ पुग्यो

    रातोपोस्ट संवाददाता
    ४०७ पटक

    काठमाडौं । कोरोना भाइरसका संक्रमण निको हुनेको संख्या ८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना निको हुनेको संख्या ८७ पुुगेको बताए ।

    उनका अनुसार पर्साको नारायणी अस्पतालबाट कोरोना संक्रमण देखिएका उपचारर सातजना डिस्चार्ज भएका छन् । जसमा बारा, पर्सा र रौतहतका कोरोना संक्रमण देखिएका निको भएका हुन् ।

    त्यसैगरी बुटवलका धागो कारखानामा रहेका १० संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । प्रवक्ता देवकोटाले भने, “आज थप १७ जनाले कोरोना संक्रमण जितेर घर गएका छन् ।”

    हालसम्म कोरोना संक्रमण देखिनेको संख्या ६०३ पुगेको छ । नेपालमा कोरोना भाइरसबाट तीनजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज देशैभरका विभिन्‍न अस्पतालमा ५ सय १३ जना उपचाररत छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)