News Portal

दुईदिन अघि रिहा लगत्तै पुनः पक्राउ परेकी पुर्व सांसद एवम् , नेकपा नेतृ भुजेललाई आज धनुषा लगियो

रातोपोस्ट संवाददाता
१५०७ पटक

झापा। दुई दिनअघि जिल्ला अदालत झापामा १ लाख रुपैयाँ धराैटि बुझाएर रिहा भए लगत्तै पुनः पक्राउ परेकी नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मेचि-काेसी ब्युरो इन्चार्ज तथा पुर्व सांसद नेतृ उमा भुजेल (शिलु)लाई प्रहरीले आज २ दिनपछि झापाबाट धनुषा लगेको छ ।

झापा जिल्ला अदालतमा आइतबार १ लाख धराैटि बुझाएर रिहाइ भए लगत्तै प्रहरीले उनलाई पुनः पक्राउ गरि धनुषा लाने तयारी गरेको भएपनि आन्तरिक कारण देखाउँदै झापा कारागारमै राखेकाे थियोे।

अदालत परिसरबाट हाम्रो सम्पर्कमा आएकी नेतृ भुजेलले जिल्ला अदालत झापाले रिहाइ गरेपनि प्रशासनले आफुलाई दाेस्राेपटक गिरफ्तार गरि धनुषा लाने तयारी गरेको जानकारी गराएकि थिइन्।

भुजेलका अनुसार उनलाई प्रशासनले आन्तरिक कारण देखाउँदै हिजो साेमबार धनुषा लाने जानकारी गराएपनि हिजो इद पर्वका कारण सार्वजनिक विदा परेपछि आजमात्र उनलाई धनुषा लगिएको प्रहरीले जानकारी दिएको छ।

नेतृ भुजेललाई प्रहरीले गत पुस १२ गते सुनसरीको चक्रघट्टिबाट झापा जिल्ला इन्चार्ज सुमनसिंह पाैडेलसँगै गिरफ्तार गरि सुनसरी राखेकाे थियोे । यसअघि सुनसरी जिल्ला अदालत इजलास नम्बर २ मा भएको थुनछेक बहसपछि जिल्ला न्यायधिस धर्मराज पौडेलको एकल इजलासले नेतृ भुजेल र पौडेललाई जनही १० हजार धरौटीमा रिहा गरेपनि उनीहरुलाई प्रहरीले पुनः पक्राउ गरी झापा ल्याएको थियोे ।

यस अघिसँगै पक्राउ परेका सुमनसिंह पाैडेललाई प्रहरीले झापाबाट रिहाइ भए लगत्तै पुनः पक्राउ गरि सुनसरी लगेको छ।

माओवादीका तर्फबाट गाेर्खा जेल ब्रेक गर्ने महिला सदस्य तथा पुर्व सांसद समेत रहेकि नेतृ भुजेलकाे टाेलिले २०५७ चैत्र १७ गते गाेर्खा जेल व्रेक गरेकाे थियोे ।

प्रतिकृया दिनुहोस्