News Portal

  • तीन सय स्थानीय तहमा भूमि बैंक स्थापना गरिने

    रातोपोस्ट संवाददाता
    ३६२ पटक

    काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा तीन सय स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ। बिहीबार अर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन्।

    यसका लागि सरकारले ५० करोड बजेट विनियोजन गरेको छ। ‘बाँजो जमिन धेरै भएका स्थानीय तहबाट भूमि बैंकको स्थापना गरिने छ’, अर्थमन्त्री खतिवडाले भने, ‘यसका लागि ५० करोड रकम विनियोजन गरिएको छ।’

    सँगै सरकारले महिलाको नाममा जग्गाको स्वामित्व हस्तान्तरण गर्दा थप सहुलियत दिने घोषणा गरेको छ। त्यसैगरी एक वर्षमा सुकुम्बारीको व्यवस्थापन र व्यवस्थित बसोबासका लागि एक सय स्थानीय तहमा कार्यक्रम चलाइने सरकारले घोषणा गरेको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)