News Portal

पुर्बी नाकामा अलपत्र परेका मानिसहरुलाई खाना खुवाउँदै ‘काँकरभिट्टा सोसाईटी’

रातोपोस्ट संवाददाता
११५४ पटक

झापा। भारत तथा नेपालबाट आएर काँकरभिट्टामा अलपत्र परेका मानिसहरुलाई ‘काँकरभिट्टा सोसाईटी’ले निःशुल्क खाना खुवाउन थालेको छ । पश्चिम नेपाल तथा भारतका विभिन्न स्थानबाट सीमा नाका काँकरभिट्टा र मेचीपुलमा आइपुगेका नेपाली तथा भारतीय नागरिकहरुलाई ‘काँकरभिट्टा सोसाईटी’ले शुक्रबारदेखि निःशुल्क खाना खुवाउन थालेको हो ।

काँकरभिट्टामा जोकोहि खाना नपाएर बसपार्क क्षेत्रमा अलपत्र परेका मानिसहरुलाई काँकरभिट्टाका राजु कार्की, गोपाल तामाङ, दिपक पाेखरेल, सुरेशकुमार श्रेष्ठ लगायतका समाजसेवी युवाहरुले निःशुल्क खाना खुवाउन शुरु गरेका छन् । स्थानीय युवाहरुबाट सहयाेग उठाएर ‘काँकरभिट्टा सोसाईटी’ नाम दिएर अलपत्र परेकालाई निःशुल्क खाना खुवाउँन शुरु गरिएको छ ।

हिजाेबाट अलपत्र परेका मानिसहरुलाई खाना खुवाउन सुरु गरिएकाे पहिलो दिन ५५ जनालाई खाना खुवाएकाे साेसाईटिका सदस्य सुरेशकुमार श्रेष्ठले बताए । श्रेष्ठले भने आज अलपत्र परेका १०० जनालाई खाना खुवाउने तयारी रहेकाे जानकारी दिए ।

प्रतिकृया दिनुहोस्