News Portal

संसारलाई सबैभन्दा पहिले चीनले कोरोना भ्याक्सिन दिने ?

रातोपोस्ट संवाददाता
७५८ पटक

काठमाडौं, १८ जेठ । विश्वव्यापी महामारी बनेको कोरोनाभाइरस चीनको ऊहान शहरबाट डिसेम्बरको अन्त्यतिर फैलन शुरु गरेको थियो । जुन देशबाट कोरोना भाइरसको संक्रमण शुरु भयो अब त्यहि देशले संसारलाई सबैभन्दा पहिले भ्याक्सिन उपलब्ध गराउने सम्भावना रहेको बताइएको छ ।

चीनको एसेट्स सुपरविजन एण्ड एडनिनिस्ट्रेशन कमिशनले यस्तो सम्भावना व्यक्त गरेको हो । उक्त कमिशनले शनिबार एक सोसल मिडिया पोस्टमा चीनमा बनेको कोरोना भाइरसको भ्याक्सिन यस वर्षको अन्त्यसम्म वितरणका लागि बजार आउन सक्ने बताएकाे छ ।

ऊहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले तयार गरेको यो भ्याक्सिनको ट्रायल दुई हजार व्यक्तिमाथि गरिएको थियो ।

२९ मार्चमा चिनियाँ सोसल मिडिया प्लेटफर्म विच्याटमा यसबारे पोस्ट गरिएको थियो । यो पोस्टमा भ्याक्सिन यो वर्षको अन्त्य वा अर्को वर्षको सुरुवातमा मार्केटमा आउन सक्ने बताइयो । भ्याक्सिन दोस्रो चरणको ट्रायलमा पुगेको छ । स्रोतः बीबीसी

प्रतिकृया दिनुहोस्