News Portal

५ जनामा कोरोना भेटिएपछि गाउँपालिकामा सर्वसाधारणलाई प्रतिबन्ध

रातोपोस्ट संवाददाता
९५८ पटक

झापा। झापाको बुद्धशान्ति गाउँपालिकाले कार्यालय प्रवेशमा प्रतिबन्ध लगाउने भएको छ ।

स्थानीय बुद्धआदर्श माविको क्वारेन्टाइनमा बसेका ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाले कार्यालय प्रवेशमा रोक लगाएको हो ।

गाउँपालिका र त्यस अन्तरगतका कार्यालय प्रवेशमा प्रतिवन्ध लगाइएको गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले बताएका छन् । ‘अर्काे सूचना जारी नभएसम्मका लागि सर्वसाधारणलाई कार्यालय प्रवेशमा निषेध गरिएको छ’, अध्यक्ष भुजेलले भने, ‘यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौँ ।’

मंगलबार बुद्धशान्ति गाउँपालिकाको क्वारेन्टाइनमा बसेका झापा, पाँचथर र ताप्लेजुङका पाँच जनामा कोरोना संक्रमित पुष्टि भएको थियो । तीमध्ये तीन जना ताप्लेजुङका हुन् । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रतिकृया दिनुहोस्