News Portal

चौरजहारी घटनाको छानबिन गर्न पौडेलको संयोजकत्वमा संसदीय समिति गठन

रातोपोस्ट संवाददाता
४६८ पटक

काठमाडौं, २६ जेठ । रूकुम पश्चिमको चौरजहारी घटनाबारे अध्ययन गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद देवेन्द्र पौडेलको नेतृत्वमा संसदीय छानविन समिति गठन गरिएको छ। सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सांसद पौडेलको नेतृत्वमा सर्वदलीय छानविन समिति गठन गरेका हुन्।

छानविन समितिको सदस्यमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी बिशुंखे, प्रकाश रसाइली, विमला विक, महेश्वरजंग गहतराज, मीनबहादुर विश्वकर्मा, रामसहायप्रसाद यादव छन्। उक्त समितिलाई घटना छानविन गर्न एक महिनाको समय दिइएको सभामुख सापकोटाले सदनलाई जानकारी गराएका छन्।

गत जेठ १० गते आफ्नी प्रेमीकाको घर गएका नवराज विक र उनका पाँच जना साथीको मृत्यु भएको थियो। गाउँलेहरूको आक्रमणबाट उनीहरूको मृत्यु भएको आरोप छ। घटनाबारे गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति पनि गठन गरेको छ।

प्रतिकृया दिनुहोस्