News Portal

  • पुर्व सांसद एवम्, नेकपा नेतृ भुजेल छैटौं पटक पुनः गिरफ्तार,काठमाडौं लगियो ।

    रातोपोस्ट संवाददाता
    ११६६ पटक

    ललितपुर, जेठ २७ । नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा मेचिकाेसी ब्युरो इन्चार्ज उमा भुजेल ‘शिलु’ लाई रिहा भएलगत्तै प्रहरीले मङ्गलबार पुनः गिरफ्तार गरेको छ ।

    जेठ २७ गते ललितपुर जिल्ला अदालतबाट राज्यविरुद्ध कसुर गरेकोमा साधारण तारिखमा रहने आदेश गरिएको थियो तर प्रहरीले अदालतको प्रवेशद्वारबाटै पुनः गिरफ्तार गरी काठमाडौँ ल्याएर शान्तिसुरक्षा एवम् अभद्र व्यवहार मुद्दामा काठमाडौँ जिल्ला अदालतमा पेस गर्न भनी महानगरीय प्रहरी परिसर टेकुमा राखेको जानकारी स्रोतले दिएको छ । यो सहित नेतृ भुजेल छैटौं पटक गिरफ्तार परेकी हुन्।

    यसअघि गत पुस १२ गते उनलाई प्रहरीले पहिलोपटक सुनसरीबाट गिरफ्तार गरेको थियोे । सुनसरीबाट १० हजार धराैटि तिरेर रिहाइ भए लगत्तै पुनः गिरफ्तार गरी त्यहाँबाट झापा, धनुषा, कैलाली, गोरखा हुँदै ललितपुरमा जेठ २४ गते ल्याइएको थियो । ती सबै जिल्लाहरूमा लगाइएका राजद्रोहलगायत मुद्दामा अदालतले छोड्ने आदेश दिए पनि नछोडी प्रहरीले गिरफ्तार गर्दै विभिन्न जिल्ला घुमाउँदै आएको छ ।

    भुजेललाई २०७६ भदौ र असोजमा पनि सरकारले गिरफ्तार गरी विभिन्न मुद्दामा थुनामा राखेको थियो तर सर्वोच्च अदालतबाट बन्दी प्रत्यक्षीकरण रिटबाट छोडिएको थियो । उनलाई राजनीतिक आस्थाका आधारमा पटकपटक गिरफ्तार गरी झूट्टा मुद्दा लगाएर थुनामा राखिँदै आएको नेकपाले जनाएको छ । भुजेल अन्तरिम विधायिका र संविधानसभाकी सदस्य रहिसकेकी नेकपा नेत्री हुन् । भुजेल जनयुद्धको समयमा चर्चित गोरखा जेल ब्रेककी कमान्डर पनि हुन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)