News Portal

थप २ सय ७९ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ४ हजार ३ सय ६४ पुग्यो

रातोपोस्ट संवाददाता
४५५ पटक

काठमाण्डौ,जेठ २८। गएको २४ घण्टामा नेपालमा २ सय ७९ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा भएका परीक्षणमा २ सय ७९ जना नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धादिङका १६, धनुषाका ११, गोरखाका ४, कपिलवस्तुको २२ र नुवाकोटका १ जनामा सङ्क्रमण पोजिटिभ देखिएको छ ।

यस्तै रौतहटका ५३ जना, सर्लाहीका १५, सिन्धुपाल्चोकका २, सिराहा १ उदयपुरका ३ जनामा कोरोना सङ्क्रमण पोजिटिभ देखिएको छ । विराटनगरमा भएको परीक्षणमा मोरङका ८, झापाका १ जना, कोशी अस्पतलामा भएको परीक्षणमा झापाका ४, भरतपुर अस्पतालमा भएको परीक्षणमा चितवनका २ र कोशी अस्पतलामा भएको परीक्षणमा उदयपुरका १ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

पोखरामा भएको परीक्षणमा नवलपुरका १, जनकपुरमा भएको परीक्षण्मा सर्लाहीका २, रुपन्देहीमा भएको परीक्षणमा कपिलवस्तुका ७, नवपरासी पश्चिमका ५ जनामा पोजिटिभ देखिएको उहाँले बताउनुभयो ।

यस्तै पाल्पामा १२, प्युठानका ६ रुपन्देहीका ७ जना भेरी अस्पतालमा भएको परीक्षणमा बाँकेका ३, बर्दिया १ जनामा पोजिटिभ देखिएको छ । सप्तरीका ६ दैलेखका २५ जाजरकोटका ३, सुर्खेतका ९ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

सेती अस्पतालमा भएको परीक्षणमा दार्चुलाका १, कैलालीका १२, कञ्चनपुरका २, डडेल्धुराका १ जना र धुलिखेल अस्पतालमा भएको परीक्षणमा सर्लाही १० र कपिलवस्तुको १९ जनामा पोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्