News Portal

  • नगरपालिकाले शोक विदा नदिएपछि कर्मचारीहरु आक्रोशित

    रातोपोस्ट संवाददाता
    ६६६ पटक

    झापा,जेठ २९। सहकर्मी कर्मचारीको निधनमा गर्ने भनिएको शोक विदा नगरपालिकाले नदिएपछि मेचीनगर नगरपालिकाका कर्मचारी आक्रोशित भएका छन् ।

    स्व.सन्तोष पराजुलीको १० औं पुण्य तिथिका दिन नेपाल नगरपालिका कर्मचारी एशोसिएसन, इकाई समिति मेचीनगरले शोक सभासहित कार्यालय विदा गर्ने सूचना जारी गरेको थियो ।

    नगर नेतृत्वबाट शोक विदा स्वीकृत नगरिएपनि जारी पूर्व सूचना अनुरुप कर्मचारीहरुले भोलि (शुक्रबार) कार्यालयमा हाँजिरी नगरी विदासहित औपचारिक रुपमा शोक सभा गर्ने इकाई समिति अध्यक्ष रविनसन थापा मगरले बताए ।

    ‘हामीले यसबारेमा नगरप्रमुखलाई जानकारीसहित नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सबै वडा कार्यालयलाई बोधार्थ दिएका थियौं’ उनले भने–‘तर, दिउँसो १ बजेपछि मात्र शोक विदा दिने भन्ने सुनेका छौं, एकदिन कार्यालयको कामकाज ठप्पै पार्छौं ।’

    मेचीनगर ७ नम्बर वडा कार्यालयमा कार्यरत् कर्मचारी पराजुलीको यही जेठ २१ गतेका दिन निधन भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)