News Portal

  • राजदूत पराजुलीको सराहनीय काम, सरकारले तोके भन्दा २५ हजार सस्तोमा नेपाल पठाउने

    रातोपोस्ट संवाददाता
    ८१० पटक

    काठमाडौं, जेठ २९ । ओमनस्थित नेपाली दूतावासले आफ्ना नागरिकलाई सरकारले तोकेको भाडादर भन्दा २५ हजार रूपैयाँ सस्तोमा नेपाल पठाउने भएको छ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले प्रशंनीय काम गरेकी छिन् ।

    सूचना जारी गर्दै दूतावासले नेपाल फर्कन चाहनेका लागि भाडा दर ११५ ओमनी रियल (करिब ३६ हजार रुपैयाँ) तोकेको छ। तर, सरकारले ओमनको लागि ५१० अमेरिकी डलर भाडादार तोकेको छ । जुन आजको दिनमा करिब ६१ हजार रूपैयाँ नेपाली हुन्छ ।

    सूचनामा भनिएको छ,’दूतावासमा विभिन्न माध्यमबाट नाम टिपाउनु भएकामध्ये प्राथमिकताका आधारमा प्रथम उडान आउँदो जुन १५ मा सलाम एअर मार्फत हुने गरी तय भएको छ। जसको शुल्क ११५ ओमनी रियल तोकिएको छ।’

    यसरी ओमनबाट नेपाल आउन चाहनेका लागि दूतावासले सात दिनभित्रको अनिवार्य कोरोनाको पिसिआर विधिबाट गरिएको नेगेटिभ रिपोर्ट पेश गर्न भनेको छ। नेगेटिभ नतिजा आएकाहरू नेपाल आएपछि सिधै होम क्वारेन्टिनमा जान सकिने भनिएको छ। सरकारले कोरोना भाइरसका कारण विभिन्न मुलुकमा अलपत्र परेका र स्वदेश आउन चाहने नेपालीहरूलाई उद्धार गर्ने जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)